नारायणगढ-मुग्लिन सडकमा पहिरोका कारण यातायात फेरि अवरुद्ध

नारायणगढ-मुग्लिन सडकमा पहिरोका कारण यातायात फेरि अवरुद्ध

७ साउन २०७७ : नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेको छ । पहिरोका कारण यातायता ठप्प भएको छ ।

नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुल नजिक मंगलबार राति खसेको पहिरो तस्बिर सौजन्य : चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय ।

सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार दिउँसोदेखि एकतर्फी गाडी चल्न सुरु गरेका थिए । ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

‘आज काम सुरु हुन्छ । तर पहिरो ठूलो छ । सकेसम्म आजै सफा गरेर गाडी सञ्चालन गर्ने योजना छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डस्एसपी सुर्य थापाले जानकारी दिए । अविरल वर्षाका कारण सडकहरु ठाउँ ठाउँमा क्षतिग्रस्त छन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग ठप्प भएका कारण अन्य वैकल्पिक मार्ग रोज्न प्रशासनले यात्रुलाई अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ