रातारात उखेलेर फालिओ ठोरीस्थित सीता गुफा नजिकको सीमा स्तम्भ

रातारात उखेलेर फालिओ ठोरीस्थित सीता गुफा नजिकको सीमा स्तम्भ

४ साउन २०७७ काठमाडौं : एकपछि अर्को बिबाद उत्पन्न गर्दै दुख दिने गरेको भारतले फेरी पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको भेटिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै चर्चामा आएको सीता गुफा क्षेत्र को सिमा स्तम्भ उखेलेर फालिएको भेटिएको हो ।

प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ