नेपाल भारत सीमा क्षेत्रमा लगातार झडप

नेपाल भारत सीमा क्षेत्रमा लगातार झडप

४ साउन २०७७ बिराटनगर : नेपाल र भारतबीच सीमा विवादलाइ लिएर सम्वाद रोकिएका बेला पूर्वको सीमाक्षेत्रमा भने तनाव बढेको छ । पछिल्लो तीन दिनमा प्रदेश १ को सीमावर्ती तीन स्थानमा झडप भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

बिहीबार र शुक्रबार राति सुनसरीको छुट्टा छुट्टै स्थानमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको थियो ।

शनिबार राति झापामा तस्करको समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

गौरीगञ्ज गाउँपालिका– ५ मलाहका टोल नजिकै दशजगा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको हो । सीमा स्तम्भ १५२ नजिकै तस्करी गर्न आएको ४०–५० जनाको समूहले आक्रमण प्रयास गरेपछि ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताए ।

बिहीबार सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीटंकीमा मोटरसाइकलमा आएका पाँचजनाको समूह र चेकजाँचका लागि खटिएको प्रहरी टोलीबीच गोली हानाहान भएको थियो । प्रहरीको गोली लागेर दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

पछिल्लो समय सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा सुरक्षा सतर्कता उच्च बनाएको छ । सुरक्षा सतर्कता बढाएर नाकामा कडाइ गर्दा सरक्षाकर्मीमाथि आक्रमण प्रयासका घटना बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ