अयोध्या विवाद: वाराणसीमा नेपाली नागरिकको जबरजस्ती मुण्डन गरियो

अयोध्या विवाद: वाराणसीमा नेपाली नागरिकको जबरजस्ती मुण्डन गरियो

२ साउन २०७७ काठमाडौँ : भारतको वाराणसीमा अयोध्याको बिषयलाई लिएर भारतीयहरुले नेपाली नागरिकको केश खौरीदिएका छन्। नेपाली नागरिकको टाउको खौरिए संगै उनको टाउकोमा जय श्रीराम लेखिदिएका छन् भने उनलाई नेपाली प्रधानमन्त्री केपी शर्मा ओली मुर्दाबाद भन्न लगाएका छन्।

कपाल खौरिदिएको भिडियो सोशल मीडियामा जारी गर्दै विश्व हिन्दू सेनाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि चेतावनी दिएका छन। यसैबीच, बनारसमा बसोबास गरिरहेका नेपाली नागरिकलाई पनि चेतावनी दिइएको छ कि यदि नेपालका प्रधानमन्त्रीले लगातार यस्तो बयान दिए भने त्यसको परिणाम तिमीहरुले भोग्नुपर्नेछ।

नेपाली नागरिकको टाउको खौरिएर टाउकोमा जय श्रीराम लेखिदिए संगै उनलाई नेपाली प्रधानमन्त्री केपी शर्मा ओली मुर्दाबाद भन्न लगाएका छन्। ति नेपाली नागरिकलाई आफु यस देशमा बसेको र यहीको खाएको र श्री राम भारतमा जन्मिएको र राम नेपालका नभएको भन्न लगाएका थिए ।

यस संगै नेपाली हरुले प्रतिक्रिया दिदै मोदीले बुद्ध भारतमा जन्मिएका हुन् भन्दा नेपालीहरुले भारतीयलाइ यस्तो तुक्ष व्यवहार नगरेको भन्दै पह्सु जस्तो व्यवहार नदेखाउन विश्व हिन्दू सेनाका कार्यकर्तालाइ चेतावनी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ