सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगाउदा पाँच बेपत्ता

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगाउदा पाँच बेपत्ता

१ साउन २०७७ सिन्धुपाल्चोक : गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताउनुभयो । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ