समाज

बलात्कार आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

बलात्कार आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

३१ असार २०७७ काठमाडौँ : बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

चितवनकी २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरीकी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक किरण राणले कान्तिपुरलाई बताइन् । ती महिला पोखरास्थित मामाघरमा बस्दै आएकी थिइन् । पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ ।

घटनालगत्तै पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो । एसएसपी अधिकारीलाई तालिम केन्द्रको झाडीभित्र लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको पवक्ता राणाले बताइन् ।

अहिले घटनास्थलमा एसपीको टोली पुगेर प्रमाणहरु संकलन गर्ने काम भइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *