राजनिती

भारतीय मिडियाको प्रचारबाजी विरुद्ध कानुनी र राजनैतिक दुवै उपचार खोज्छौ : मन्त्री खतिवडा

भारतीय मिडियाको प्रचारबाजी विरुद्ध कानुनी र राजनैतिक दुवै उपचार खोज्छौ : मन्त्री खतिवडा

२६ असार २०७७ काठमाडौँ : अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल र नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय सञ्चार माध्यममा आएका समाचारहरू विरुद्ध सरकारले कुटनैनिक, कानुनी र राजनैतिक सबै प्रकारका उपचार खोज्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले चरित्र हत्या गर्ने र दुर्भाव फैलाउने गरी आएका समाचार तथा विश्लेषण हरूको सरकारले भर्त्सना गर्ने बताउनुभयो ।

मन्त्री खतिवडाले सञ्चार माध्यमहरूलाई स्व–अनुशासन र प्रचलित मर्यादा भित्र रहन तथा सत्य तथ्यमा आधारित समाचार मात्रै प्रसारण गर्न समेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *