सुअरेजको सानदार गोलमा बार्सिलोना विजयी

सुअरेजको सानदार गोलमा बार्सिलोना विजयी

२५ असार २०७७ काठमाडौं : लुइस सुअरेजको सानदार गोलको मद्दतले बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई १-० ले पराजित गरेको छ । क्याटलान डर्बी खेलमा बार्सिलोनाले १-०को स्पस्ट जितसहित ३ अंक जोडेको हो ।

खेलमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । ५०औं मिनेटमा बार्सिलोनका अंशु फाटीले रातो कार्ड पाएका थिए । त्यसको ३ मिनेटपछि स्पानयोलका पोल लोजानोले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा झरेका थिए । दुवै खेलाडीलाई भीएआर को सहयोगबाट रातो कार्ड देखाइएको थियो ।

खेलको ५६औं मिनेटमा लुइस सुअरेजले एकमात्र गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए जुन गोल निर्णायक गोल बन्दा बार्सिलोनाले ३ अंक जोडेको छ ।

यो संगै ३५ खेलबाट बार्सिलोनाले ७६ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ७७ अंक छ ।

यस्तै ला लिगाकै अर्को खेलमा गेटाफेलाई ३-१ ले पराजित गर्दै भियारियालले चौथो स्थानमा रहने स्मभावनालाई कायमै राखेको छ । जितपछि ३५ खेलबाट ५७ अंक जोड्दै भियारियाल पाँचौ स्थानमा छ । समान खेलबाट ५३ अंकसहित गेटाफे छैटौं स्थानमा छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ