आफुलाई कारवाही गर्न प्रचण्डलाई प्रधानमन्त्रीको ठाडो चुनौती

आफुलाई कारवाही गर्न प्रचण्डलाई प्रधानमन्त्रीको ठाडो चुनौती

२४ असार २०७७ काठमाडौं : पछिल्लो समय आन्तरिक विवादमा रुमलिएको नेकपाका दुइ अध्यक्ष बिचको विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) लाइ आफुलाई बहुमतको कारवाही गर्न भनेपछि थप चुलिएको छ। समस्या समाधानको प्रयासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच केही दिनदेखि हुँदै आएको एक्लाएक्लै भेटले पनि कुनै निकाश दिन सकेको छैन । तर बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्नुपर्ने बताएका छन् । तर प्रधानमन्त्री ओलीले आफ़ुने आन्दोलन गर्न कसैलाई पनि निर्देश नगरेकोले रोक्न निर्देश पनि गर्न नसकिने बताएका छन्। स्वतः स्फुर्त चलेको आन्दोलन हो मैले कसलाई रोक्न भन्ने, ओलीले भनेको श्रोतको दाबि छ।

यसैबीच ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने, अरु विषयमा थप छलफल गर्न सकिने पुरानै अडान राखेका छन् ।

यस पटक आफुले कुनै पद नछोड्ने बताउदै प्रधानमन्त्री ओलीले प्रचण्डलाई सिधै आगामी महाधिवेशनपछि अध्यक्ष हुनु होला, अर्को चुनावपछि प्रधानमन्त्री हुनु होला भन्नुभयाे, स्रोत भन्यो ।

नभए पार्टीको बहुमतले आफूलाई कारबाही गर्न चुनौती दिएका छन् । प्रधानमन्त्रीले ‘पार्टी बैठक राखेर कारबाही गर्नुस्, त्यसपछि मैले के गर्छु भन्ने देखिहाल्नु हुन्छ नि’ सम्म भन्नु भएको छ, स्रोतले भन्यो ।

यसैबीच आगामी सुक्रबारका लागि तय गरिएको नेकपाको स्थाई कमिटि बैठक अब झनै अनिश्चित बनेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ