मास्क नलगाई हिँड्ने ९३ जनालाई जरिवाना

मास्क नलगाई हिँड्ने ९३ जनालाई जरिवाना

२४ असार वीरगञ्ज : कोरोना सङ्क्रमण नफैलियोस् भनी पर्सा प्रहरीले मास्क नलगाएर लापरवाही गर्ने गर्दै कोरोनाकोे जोखिम बढाएको आरोपमा ९३ जना पक्राउ गरी जरिवाना तिराएर कारवाही गरेको छ ।

लापरवाहीका कारण सङ्क्रमण बढ्ने सम्भावना हुने जोखिम बढ्ने भन्दै पर्सा प्रहरीले मास्क नलगाई हिँड्ने उपर कारवाही थालेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता मनोजित कुँवरले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, पावरहाउस चौकलगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका एकसय जनामध्ये ९३ जनालाई सङ्क्रमण नियन्त्रण ऐन २०२० अन्तर्गत् एकसय रुपियाँ जरिवाना तिराएर छाडिएको बताउनुभयो ।

मास्क नलगाएका सर्वसाधारण, पसल सञ्चालक, ग्राहक, मोटरसाईकल तथा साईकलमा सवार गरिरहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ एकसय रुपियाँ जरिवाना तिराएर छाडिएको प्रहरीको कथन छ । अति विपन्न परिवारका सात जनालाई जरिवाना तिर्न नसकेपछि त्यसै छाडिएको प्रहरीले जनाएको छ ।

विभिन्न क्षेत्रमा मास्क नलगाएर आवतजावत गर्ने तथा भिडभाड गरेर सामाजिक दुरीको अवज्ञा गर्नेहरुलाई प्रहरी प्रशासनले कडाई गर्ने अभियान थालेपछि माक्स नलगाउने कारवाहीमा परेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ