Breakingसमाचार

प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतको आशिक र यान्छीलाइ बिषकन्या भनेपछि

प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतको आशिक र यान्छीलाइ बिषकन्या भनेपछि

२४ असार २०७७ काठमाडौं : सधैभरि अफवाहको खेति गर्ने भारतीय मिडियाहरु प्राय समाचार भन्दा पनि मनोरंजनका लागि मात्र हेरिने खालका हुन्छन। त्यस्तै एक कथा बुन्दै भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाइ लिएर काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रस्तुत गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाइ लिएर काल्पनिक कथा बुनेको हो।

यो रिपोर्ट तयार गरेको सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको पाइएको छ ।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित एक समाचारमुलक रिपोर्टमा नेपालका लागि चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ सम्म भन्न भ्याएको छ भने उक्त टीभीले यान्छीको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको समेत भन्न भ्याएको छ ।

आपत्तिजनक शब्द समेतको प्रयोग गरेको उक्त टिभीले आफ्नो रिपोर्टमा भनेको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेके लिए यान्की से नजदिकीया बढायी, लेकिन वो हनी ट्र्याप मे फसगए ।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन ।

उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।

नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका थिए । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो ।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । त्यसैले पनि भारतीय च्यानलहरुको मनपरी झन बढ्दै छ । जी टीभीको हर्कत यसैको उत्कर्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *