गृहमन्त्री बादलले छोडे प्रचण्ड र माधबको साथ

गृहमन्त्री बादलले छोडे प्रचण्ड र माधबको साथ, प्रधानमन्त्री ओलितिरै लागेको खुलासा

२३ असार २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल फेरी प्रधानमन्त्री केपी शर्मा ओली तिरै ढल्किएका छन्। यो संगै उनले पुष्पकमल दाहाल र माधब नेपालको साथ् छोडेको स्पस्ट संकेत दिएका छन।

राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् ।

उनले भने अहिले न सरकार ढल्छ न त नेकपा भित्रको नेतृत्व नै परिवर्तन हुन्छ। यसो गर्यो भने पार्टी नै समाप्त भएर जान्छ।

यो पनि पढ्नुस :

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

.

उनले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए ।

पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको तर आफु बिरुद्ध कुप्रचार भएको बताएको नेता भट्टराईले जानकारी दिए ।

नेताहरुसँग बादलले भने, अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ । हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ । कसैलाई निषेध गरेर जानु हुँदैन । हामीले पार्टी बलियो बनाउने हो, गुटलाई बलियो बनाउने होइन । म स्थायी कमिटी बैठकमा पनि यही कुरा राख्छु ।

बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय पुगेका थिए । बुढा बाहेक अरु सबै प्रधानमन्त्री केपी ओलीनिकट नेता हुन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ