फुटबल

मेस्सी चम्किदा बार्सिलोनाको सानदार जित

मेस्सी चम्किदा बार्सिलोनाको सानदार जित

२२ असार २०७७ काठमाडौं : स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाले भियारियालालई ४-१ ले पराजित गरेसंगै दोश्रो स्थान सुरक्षित गरेको छ ।

भियारियालको घरेलु मैदानमा पाउ टोरेसले आत्मघाती गोल गर्दा खेलको तेस्रो मिनेटमै बार्सिलोनाले अग्रता लिएको थियो । त्यस पछि खेलमा लुइस सुअरेज, एन्टोनी ग्रिजमन र अशु फाटीले बार्सिलोनाका लागि एक एक गोल गरेका थिए । मेसीको गोल भने भिएआरले मान्यता दिएन । जितपछि बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँग अंक दूरी फेरि ४ मा झारेको छ ।

१४औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए पनि त्यसको ६ मिनेटपछि नै सुअरेजले मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । सुअरेजको गोलले भिएआर परिक्षणपछि मान्यता पाएको हो ।

यस्तै पहिलो हाफको अन्तिम समयमा ग्रिजमनले बार्सिलोनाको लागि तेस्रो गोल गरे । यस गोलमा पनि मेसीले नै असिस्ट गरे । ६९औं मिनेटमा कप्तान मेसीले गोल गरेका थिए । र भिएआरले उक्त गोललाई मान्यता दिएन । ८६औं मिनेटमा अंशु फाटीले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ । समान खेलबाट रियल मड्रिडको ७७ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *