राजनिती

नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

२२ असार २०७७ काठमाडौँ : नेकपा भित्रको आन्तरिक कलह मिल्ने छाँटकाँट नदेखिए पछि आज बस्ने भनिएको स्थायी कमिटीको बैठक बुधबार सम्मका लागि स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन । सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *