भोलि फेरी बस्ने निर्णय सहित ओली दाहाल बैठक सकियो

भोलि फेरी बस्ने निर्णय सहित ओली दाहाल बैठक सकियो

२१ असार २०७७ काठमाडौँ : बालुवाटारमा जारि रहेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै बिषयमा टुंगो नलागेपछि बैठक फेरी भोलि बस्ने गरि आज सकिएको छ ।

दुवै पक्षकाआफू निकट नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मासहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको छ । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको श्रोतको दाबि छ ।

दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावना’bout छलफल गर्न सहमति भएको बताइएको छ ।

नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ