समाचार

बैतडीको सिगासमा पहिरो खस्दा एक घर पुरियो, छ घर जोखिममा

बैतडीको सिगासमा पहिरो खस्दा एक घर पुरियो, छ घर जोखिममा

२१ असार २०७७ बैतडी : बैतडीको सिगास गाउँपालिका–६, थलाकाँडाको खेती गाउँमा पहिरो खस्दा एक घर पुरिएको छ । छ वटा घर जोखिममा परेका छन् । आइतबार विहान ७ः बजे परेको मुसलधारे पानीसँगै थलाकाँडाको खेती गाउँमाथिको पूरै डाँडामा चिरा परेर पहिरो खस्दा स्थानीय डम्बरसिंह ऐरको घर पुरिएको हो ।

आइतबार विहान डाँडाबाट पहिरो खस्दा गाउँलेले भागेर ज्यान जोगाएका छन् । अहिले पनि त्यहाँ पहिरो खसिरहेको थलाकाँडाबाट रामसिंह धामीले टेलिफोनमार्फत गोरखापत्रलाई जानकारी दिनुभयो । धामीले भन्नुभयो, “ बिहानको समय भएकोले भागेर ज्यान जोगायौं । थलाकाँडाको खेती गाउँ माथिको डाँडाबाट अहिले पनि पहिरो खसिरहेको छ । हामीहरु लालाबाला र वस्तुभाउ लगेर गाउँबाट टाढा गएका छौं ।”

पहिरोले डम्बरसिंह ऐरको घर पुरिएको जानकारी दिदैं धामीले भन्नुभयो, “ पहिरोले छ वटा घर जोखिममा परेका छन् । चन्द्रसिंहह बोहरा, धनश्याम बोहरा, राम बोहरा, डम्बरसिंह ऐर र मानवीरको घर उच्च जोखिममा परेका छन् । ” पहिरोले रामसिंह साउद र चक्रसिंह साउदका खेत पुरिएको पहिरो पीडितले जानकारी दिएका छन् । घटना बारे जिल्ला प्रहरी कार्यालय बैतडीले भर्खरै खबर प्राप्त भएकोले बुझ्ने काम भईरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *