फुटबल

पीएसजी बन्यो फ्रेन्च लिग वान च्याम्पियन

पीएसजी बन्यो फ्रेन्च लिग वान च्याम्पियन

१८ असार २०७७ काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण स्थगित रहेको फ्रेन्च लिग वानको यस सिजन बाँकी खेल नहुने भएपछि शीर्ष स्थानको पिएसजीलाई च्याम्पियन घोषणा गरिएको हो ।

केही दिनअघि फ्रान्स सरकारले लिग वान यस सिजन गर्न नसकिने जनाएको थियो । मार्च १३ मा लिग स्थगित हुनुअघि पिएसजी दोस्रो स्थानको मार्सेलाई १२ अंकले पछि पार्दै शीर्ष स्थानमा थियो ।

लिग वानबाट अन्तिम दुईमा रहेका अमिन्स र टुलुज लिग टु मा घटुवा भएको छ ।

यस्तै लिग टु मा शीर्ष स्थानमा रहेको लोरिएन्स च्याम्पियन बनेको छ । लोरिएन्टसंगै लेन्स लिग टु बाट लिग वानमा बढुवा भएका छन् ।

फ्रेन्च लिग (एलएफपीका) चिफ एक्जुकेटिभ डिडियर क्विलोटले यस बारेमा केही अपिल हुनसक्ने तर निर्णय ठीक भएको बताएका छन् ।

अर्को सिजन युरोपियन लिगमा खेल्ने टिमको बारेमा भने निर्णय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *