सरकार ! बालुवाटारमा बसेर तमासा नदेखाउ : गगन थापा

सरकार ! बालुवाटारमा बसेर तमासा नदेखाउ : गगन थापा

१७ असार २०७७ काठमाडौँ : सत्तापक्षका काम कारबाही प्रति कडा टिप्पणी गर्दै आएका नेपाली कांग्रेसका युवा नेता तथा पुर्व मन्त्रि गगन कुमार थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै भनेका छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ