अमेरिकी प्रतिबन्ध र कोरोना महामारीले कठिन समय निम्त्यायोः इरानी राष्ट्रपति रौहानी

अमेरिकी प्रतिबन्ध र कोरोना महामारीले कठिन समय निम्त्यायोः इरानी राष्ट्रपति रौहानी

१५ असार २०७७ काठमाडौँ : इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरसका कारण इरान कठिन परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ । अमेरिकाले सन् २०१८ मा इरानसँगको परमाणु सम्झौता रद्द गरी प्रतिबन्ध लगाएको थियो ।

द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार राष्ट्रपति रौहानीले टेलिभिजन सम्बोधनको क्रममा शत्रुको आर्थिक दबाव र महामारीले यो वर्ष अत्यन्तै कठिन अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१८ मा सुरु भएको आर्थिक दबाव बढ्दैगएको छ र अहिलेको दबाव झेल्नै नसक्नेगरी थपिएको छ ।”

मध्य अप्रिलमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित फेला परेको इरानमा दुई महिनापछि पनि दैनिक एक सयभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु हुँदैआएको छ । इरानमा पछिल्लो २४ घण्टामा दुई हजार ४८९ नयाँ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमित दुई लाख २२ हजार ६६९ पुगेको छ । इरानमा पछिल्लो २४ घण्टामा १४४ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार ५०८ पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ