विश्वभरि सङ्क्रमित एक करोड नाघ्यो, मृतक पाँच लाख बढी

विश्वभरि सङ्क्रमित एक करोड नाघ्यो, मृतक पाँच लाख बढी

१५ असार २०७७ काठमाडौँ : कोरोनाभाइरस महामारीले विश्वका पाँच लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । चीनमा गत् वर्ष डिसेम्बर महिनामा पहिलो पटक देखापरेको सार्स–कोभ–२ को सङ्क्रमण विश्वका एक करोड व्यक्तिमा सरेको छ ।

अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार सङ्क्रमितमध्ये पचास प्रतिशत संयुक्त राज्य अमेरिका र यूरोपका छन् । यद्दपी अमेरिकामा सङ्क्रमण फैल्ने क्रम अझै रोकिएको छैन् । दक्षिण एशिया र अफ्रिकामा समेत सङ्क्रमण फैलिदो क्रममा छन् ।

पछिल्लो छ दिनमा मात्रै दश लाख व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै करीब २५ लाख व्यक्ति सङ्क्रमित छन् । एक लाख २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राज्यहरुमा लकडाउन फेरी गरिएको छ । टेक्सस, फ्लोरिडा र अन्य राज्यहरुमा सङ्क्रमितको संख्या तिब्र रुपमा फैलिदा सतर्कताका उपायहरु सशक्त बनाइएको छ ।

ब्राजिल दोस्रो सबैभन्दा बढी प्रभाबित राष्ट्र हो । ब्राजिलमा १३ लाख सङ्क्रमित छन् । ५७ हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । बढ्दो सङ्क्रमणका बीच रियो दि जेनारियोले जुलाइ १० देखि खेल मैदान पुनः खुला गर्ने जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ