अन्तरास्ट्रियइन्फोटेकसमाचारसिमा विवाद

टिकटक लगायतका चिनियाँ एप माथि भारतमा प्रतिबन्ध

टिकटक लगायतका चिनियाँ एप माथि भारतमा प्रतिबन्ध

१५ असार २०७७ काठमाडौँ : चीनसंगको सिमा बिबादमा भारतीय सैनिक मारिएको केहि दिन पछि भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारत सरकारले एक सूचना जारी गर्दै यस्ता एपहरु भारतीय सार्वभौमसत्ता र सुरक्षाका लागि खतरा भएको जनाएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो ।

भारतको यो निर्णय लद्दाखमा चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भीडन्तमा २० भारतीय सैनिक मारिएको केही दिनपछि आएको छ । मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ ।

भारतमा चिनियाँ सामान बहिष्कारको लहर बेलाबेला चल्ने गरेको छ । मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो । सोमबार प्रतिबन्ध लगाइएका सबै एप कुनै न कुनै रुपमा चीनसँग जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *