सुवारेजको दुई गोलमा पनि बार्सिलोना बराबरीमै सिमित

सुवारेजको दुई गोलमा पनि बार्सिलोना बराबरीमै सिमित

१४ असार २०७७ काठमाडौँ : लुइस सुवारेजले दुई गोल गरे पनि सेल्टा भिगोले दुई पटक पुनरागमन गर्दै बराबरी गोल फर्काएपछि बार्सिलोना ला लिगामा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।

सेल्टाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनासँग अंक खोसेको हो ।

आएगो असपासले खेल सकिन २ मिनेट बाकी छँदा गोल गरेपछि बार्सिलोना ३ अंक जोड्नबाट चुकेको हो ।

खेलको २०औं मिनेटमा कप्तान लिओनल मेसीको फ्रि-किकलाई सदुपयोग गर्दै सुवारेजले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफमा बार्सिलोनाले अग्रता कायम राखेको थियो । तर ५०औं मिनेटमा फेडोर स्मोलोभले सेल्टाको लागि बराबरी गोल फर्काए ।

६७औं मिनेटमा सुअरेजले फेरि मेसीकै पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । तर जित नजिक पुगेको बार्सिलोनाले ८८औं मिनेटमा गोल खायो। आयगो असपासले फ्रि-किकमा शानदार गोल गर्दै खेल २-२ को बराबरी गरे । इन्जुरी टाइममा सेल्टाका नोलिटोले गोल गर्ने उत्कृष्ट अवसर पाएका थिए । तर बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले उत्कृष्ट बचाउ गरेपछि सेल्टा जितबाट बन्चित भयो ।

बराबरीपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै फेरि शीर्ष स्थानमा उक्लेको छ तर १ अंकको मात्र अग्रता छ । ३२ खेलबाट बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको रियल ६८ अंकसहित दोस्रो स्थानमा छ । रियलले स्पानयोसँग आइतबार खेल्दैछ ।

यस्तै एथ्लेटिक विल्वाओले मालोर्कालाई ३-१ ले पराजित गरेको छ । जितपछि विल्वाओ ३२ खेलबाट ४५ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ । उता ३२ खेलबाट २६ अंक रहेको मालोर्का पुछारबाट तेस्रो स्थानमा छ र रेलिगेसन जोनमा संघर्षरत छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ