अज्ञात समुहद्वारा ९० लाखको बुद्धचित्त माला लुटपाट

१२ असार २०७७ काठमाडौँ : जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समुहद्धारा लाखौँको बुद्धचित्त माला लुटपाट भएको छ । हातहतियार सहित आएका अज्ञात समूहले बीरबहादुर तामाङ लाखौँको माला लुटेको प्रहरीले जनाएको छ ।

गएराती अन्दाजी साढे १० बजेट ५०÷६० जनाको समूहमा आएका अज्ञात समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा भएको ८५ प्रतिशत बुद्धचित्तका दाना चोरेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो । हातहतियार सहित आएका उनीहरुले हवाइफायर समेत गरेको स्थानीयले बताए ।

घट्नास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ । लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको स्थानीयको थियो । झडपका क्रममा ४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मंलगटारका प्रहरी निरीक्षक थिङले तेमाल गाउँपालिका वडा न ४ का श्याम तामाङ, रोशी गाउँपालिका वडा न ६ सिपालीका जीत बहादुर तामाङ, शेखर लामा र जीतबहादुर लामा घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले घट्नाको ’boutमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अपाराधिक ढङ्गले जुन खालको काम भएको छ, यसको खोजी सुरु गरेका छौँ । सडकमा रुख काटेर, ढुङ्गा राखेर सडक अवरुद्ध गरेका थिए भने ठाउँठाउँमा बम रहेकाले खतरा छ भन्ने लेखिएको थियो । प्रजिअ तिमिल्सिनाले आर्मीको बम डिस्पोजल टोली पुगेर तर उक्त स्थानमा बम नभएर तर्साउनका लागि मात्र राखिएको पाइएको बताउनुभयो । अहिले डीएसपीको नेतृत्वमा प्रहरी टोली थप गरिएको छ ।

बुद्धचित्त मालाहरुमध्येकै बहुमूल्य मालाको रुपमा परिचित यो मालाको विषयमा लामो समयदेखि विवाद थियो । स्थानीयले पनि आफूहरुले नै उक्त माला बच्न पाउनुपर्ने माग गरेका थिए । अघिल्लो बर्षपनि उक्त रुखमा विवाद भएको थियो । मालाधनीले व्यापारी मान बहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी, लगायतका टिमलाई ९० लाखमा बिक्री गरेका थिए । उनीहरुले माला कुर्नका लागि १५ जना युवा नै परिचालन गरेका थिए । घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

बुद्धचित्त मालाको कारण विभिन्न विवादहरु भइरहेपछि यो पटक देखि रोसी गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधि समेत बनाएर ५ प्रतिशत कर निर्धारण गरिएको थियो । गाउँपालिका वनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको चार लाख ५० हजार पालिकालाई कर तिरिसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ