ला-लिगा : बार्सिलोना संग बराबरी अंक रहेको रियल फेरि शिर्ष स्थानमा

ला-लिगा : बार्सिलोना संग बराबरी अंक रहेको रियल फेरि शिर्ष स्थानमा

११ असार २०७७ काठमाडौँ : लालीगा अन्तरगत जारि खेलहरु रोमान्चक स्थितिमा पुगेका छन्। सर्जियो रामोसले फ्रिकिकबाट गरेको सनसनीपूर्ण गोलको सहयोगले रियल म्याड्रिडले मंगलबार रियल मार्लोकालाई २–० ले हरायो र फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लियो ।

रियलले भिनिसियस जुनियरको गोलले पहिलो हाफमा अग्रता लिएयता रामोसले उत्कृष्ट फ्रिकिक प्रहार गरेका थिए । अल्फ्रेडो स्टेफानो स्टेडियममा प्राप्त यो जितपछि रियल र बार्सिलोनाको समान ६८ अंक भएको छ । रियल भने दुई टिमबीच हेड टु हेडको आधारमा अगाडि रहेको हो ।

मंगलबारकै अन्य दुई खेलमा ओसासुनाले एलाभोस र सेल्टा भिगोले रियल सोसिडाडलाई समान १–० ले पराजित गरेको थियो । सोसिडाडको यो हारले अर्को सिजन युरोपमा खेल्ने अभियानमा ठूलो धक्का पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ