फुटबल

ला–लिगाः बिल्बाओलाई हराउँदै बार्सिलोना शिर्ष स्थानमा फर्कियो

ला–लिगाः बिल्बाओलाई हराउँदै बार्सिलोना शिर्ष स्थानमा फर्कियो

११ असार २०७७ काठमाडौं : स्पेनिस लिग फुटबल ला–लिगामा एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना शिर्ष स्थानमा फर्किएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई १–० को साँघुरो अन्तरमा हरायो ।

बार्साको जितमा इभाँ राकिटिचले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना तालिकाको शिर्ष स्थानमा फर्किएको छ ।

एक खेल कम खेलेको रियाल मड्रिड ६५ अंकको साथ दोस्रो स्थानमा छ । रियालले आज राति मयोर्कासँग खेल्नेछ ।

ला लिगाअन्तर्गत गएराति भएको अर्को खेलमा लेभान्तेलाई १–० ले हराउँदै एथ्लेटिको मड्रिड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *