गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

१० असार २०७७ पोखरा : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार ६ महिलासहित पुष्टि भएका ३२ सँगै गण्डकीमा संक्रमितको संख्या ७ सय २९ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जानकाी दिनुभयो ।

नयाँ संक्रमित लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, बागलुङमा ९, तनहुँमा १ र नवलपरासी पूर्वमा १ जना रहेका छन्। गण्डकी प्रदेशमा हालसम्म ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने एकको मृत्यु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ