भारतमा नेपालको झण्डा जलाइएको बिरोध गर्दै प्रदर्शन

भारतमा नेपालको झण्डा जलाइएको बिरोध गर्दै प्रदर्शन

६ असार २०७७ वीरगञ्ज : भारतमा प्रदर्शनकारिहरुले नेपालको राष्ट्रिय झण्डा जलाएको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीकाे महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । वीरगञ्जको मालपोत चोकबाट सुरु भएको विरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभा सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको र धकेलाधकेल भएपछि प्रहरीले महानगर अध्यक्षसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

र्‍यालीमा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दाबाद लगायतका नारा लगाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ