समाचार

चक्रबात निसर्गले भारतमा आँधी ल्याउँदै, नेपालमा समेत भारी वर्षा हुने

चक्रबात निसर्गले भारतमा आँधी ल्याउँदै, नेपालमा समेत भारी वर्षा हुने

२१ जेठ २०७७ काठमाडौं : आज चक्रबात निसर्गले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याउने भएको छ । सम्भावित क्षतिलाई दृष्टिगत गरी शतर्कता अपनाउने भनिएको छ ।

भारतको मौसम पूर्वानुमान केन्द्रले दक्षिणी मुम्बईमा निसर्ग चक्रबातले आज आँधी र भारी वर्षा गराउने जनाइसकेको छ । उक्त आँधीको गति प्रति घन्टा १०० किलोमिटर सम्म हुनेछ ।

निसर्ग चक्रबातको असर उत्तरी भारतसम्म पर्ने भारतको मौसम पूर्वानुमान केन्द्रले जनाएको छ । सामान्य भन्दा बढी वर्षा हुनेछ । चक्रबात नसर्ग नाम बङ्गलादेशले दिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिम वायु, अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले दक्षिण पूर्वी अरब सागरमा रहेको न्युन चापीय क्षेत्र उत्तरतर्फ सर्दै गरेकोले उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने उल्लेख गरेको छ ।

बुधबार र बिहिबार देशका विभिन्न भागमा वर्षाको सम्भावना छ । पुर्वी र पश्चिम वायुको प्रभावले मौसममा बदली हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *