चिनियाँ सेना विवादित काश्मिर क्षेत्रको गालवान उपत्यकामा प्रवेश, भारत तनावमा

चिनियाँ सेना विवादित काश्मिर क्षेत्रको गालवान उपत्यकामा प्रवेश, भारत तनावमा

१७ जेठ २०७७ काठमाडौँ : विश्वका दुई सब भन्दा बढी जनसंख्या भएको देश भारत र चीनका सेनाहरू तनावग्रस्त अवस्थामा गुज्री रहेका छन्।

भारतीय मिडियाले उद्धृत गरेका अधिकारीहरूले भनेका छन् कि हजारौं चिनियाँ सेनाले विवादित काश्मिर क्षेत्रको लद्दाखको गालवान उपत्यकामा प्रवेश गरेको पाइएको छ ।

पछिल्लो समय भारतीय नेता र सैन्य रणनीतिकारहरू आफ्ना सबै छिमेकि राष्ट्रहरु संग बिग्रिएको सम्बन्धलाइ लिएर स्तब्ध भएका छन् । बिषेशत ठुलो र टक्करको छिमेकी चीन संगको सिमा बिबादलाइ लिएर भारत अहिले तनावमा परेको हो।

यता नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुमि भारतले आफ्नो नक्सामा परेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न भएको नेपाल संगको तनाव पनि उत्कर्षमै पुगेको छ।

त्यस्तै भारतको कास्मिर क्षेत्रमा मेको शुरुमा चिनियाँ सेनाले पाल टाँगेर बसेको, खाडल खनेर बंकर बनाएको र हात हतियार लगायतका भारी उपकरणहरू भारतले आफ्नो क्षेत्र भनेको स्थान सम्म पुर्याएको छ ।

“पछिल्लो असस्था यति गम्भीर बनेको छ कि चिनियाँहरू उनीहरु आफैंले भारतको हिस्साको रुपमा स्वीकारेको क्षेत्रमा आएका छन्। यसले यथास्थितिमा परिवर्तन गरेको छ,” सेनामा कर्नलको रूपमा सेवा गरेका एक भारतीय सैनिक विज्ञ अजय शुक्ला भन्छन्।

यसलाई हेर्ने हो भने भारत आफ्ना छिमेकि संग सुमधुर सम्बन्ध बनाउने ल्याकत कहिल्यै राख्दैन।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ