सीमामा जारी तनावले मोदीको मुड ठिक छैन: ट्रम्प

सीमामा जारी तनावले मोदीको मुड ठिक छैन: ट्रम्प

१६ जेठ २०७७ काठमाडौँ : चीन नेपाल पाकिस्तान लगायत भारत संग सिमा जोडिएका सबै देशहरु संग सिमा विवादमा अल्झिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीमामा जारी तनावको विषयलाई लिएर मुड ठीक नभएको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । आएको छ ।

भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा भएको पत्रकारहरु सम्मेलनमा ट्रम्पले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’

गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ।’

ट्रम्पको मध्यस्थताको प्रस्ताव’bout चिनियाँ विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया आइसकेको छैन । तर, चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनलाई मध्यस्थताको आवश्यकता छैन ।

भारतले ट्रम्पको मध्यस्थताको प्रस्तावमा कूटनीतिक जवाफ दिएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि चीनसँग कुराकानी भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कमा छौं ।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ