Breakingदेशसमाचारसमाज

वीरगञ्जमा डाक्टर-डाक्टरबीच कुटाकुट

वीरगञ्जमा डाक्टर-डाक्टरबीच कुटाकुट

१३ जेठ २०७७ वीरगञ्ज : वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ ।

सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।
नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए ।

विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए ।

‘ह्वाट्स एप ग्रुपमार्फत सरकारी अस्पताल तथा सरकारी चिकित्सक माथि नराम्रो सब्द प्रयोग लगातार गरेको पाइएपछि अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि उक्त ग्रुपमै भएको कुराकानीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको पाइएको छ।

ग्रुपमा, ‘सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर डा. मधुरञ्जन सिंहले ह्वाट्सएप ग्रुपमा लेख्दै आएपछि आफूहरुले त्यसको प्रतिवाद गर्दै यस्तो संकटको घडीमा मेहनत गर्ने चिकित्सकहरुको मनोबल गिर्ने गरी नबोल्न सुझाव दिँदा २/३ जना मानिस लिएर क्वारेन्टाइन स्थलमै विवाद गर्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *