भारतद्वारा ‘पाम आयल’ पछि ‘चिया निर्यात’मा रोक

भारत द्वारा पाम आयल पछि चिया निर्यातमा रोक

११ जेठ २०७७ काठमाडौँ : केहि दिन अघि मात्र नेपालबाट भारत निर्यात हुने पाम आयलमा रोक लगाएको भारतले एक पछि अर्को गर्दै अब नेपालबाट भारतमा हुने चिया निर्यातमा समेत अनौपचारिक तवरले बन्देज लगाएको छ ।

कुनैपनि जानकारी नदिई औपचारिक निर्णयबिनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालमा फैलिरहेको कोरोना भाइरसका कारण चिया आयात गर्न नसकिने भारतीय पक्षले बताएको चिया व्यवशायी बताउछन । वैशाख २८ गतेदेखि नेपालको चियाको आयात रोकिएको दार्जलिङको स्थानीय पत्रिका जनपथले जनाएको छ ।

नेपालबाट भारतर्फ मेचीनाका भएर सवारी जान पहिल्यैदेखि अवरोध भएपनि व्यवसायीले विराटनगरबाट कारोबार गर्दै आएका थिए।

लिपुलेक कालापानी बिबाद पछि भारतले यसअघि पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो भने यस पटक चिया आयातमा समेत रोक लगाएको छ। भारतले यो अवरोध सिमा बिबाद गरिरहेको जानकारहरुको भनाइ छ।

चिया व्यवसायीहरुकाअनुसार नेपालबाट वाषिर्क ४ अर्बको चिया निर्यात हुन्छ । भारत भएर तेस्रो मुलुक निर्यात हुने चियामा भने अवरोध छैन । यसैबीच चियाको अवरोध खुलाउन परराष्ट्र मन्त्रालयमार्फत उद्योग मन्त्रालयले पहल थालेको मन्त्रालय स्रोतले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ