Breakingदेशसमाचारसमाज

जनकपुरमा अस्पतालको ढोका फोरेर भागे सर्लाहीका संक्रमित

जनकपुरमा अस्पतालको ढोका फोरेर भागे सर्लाहीका संक्रमित

११ जेठ २०७७ जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरको तेश्रो तलामा रहेको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर फरार भएका छन् ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन कक्षबाट आइतबार बिहान भागेका सर्लाहीका संक्रमित यसअघि स्वाब संकलन गर्दा पनि फरार भएको खुलेको छ । जनकपुरधाममै स्वाब संकलन गरिएपछि उनी भागेर घर सर्लाही स्थित आफ्नो घर पुगेको खुलेको छ ।

३१ वैशाखमा आएको रिपोर्टमा संक्रमित भएको खुलेपछि उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरबाट फेला पारी आइसोलेसनमा ल्याइएको थियो ।

वैशाखको तेस्रो साता धनुषाको धनुषाधाममा फेला परेका ४५ बर्षीय यी पुरुषलाई जनकपुरधाम ल्याइएको थियो । ती व्यक्ति सुस्त मनस्थितिका छन् । यसघि पनि अस्पतालको सिसि क्यामेरा फुटाउने जस्ता उपद्रो गर्ने उनले यसपटक भने आइसोलेसनको ढोका फोरेर फरार नै भएका छन्।

आइसोलेसनमा ल्याइसकेपछि उनी आइतबार बिहान भागेका छन् । उनी कहाँ गएका हुन् भन्ने कुरा थाहा नभएकोले खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।

आइसोलेसन कक्षबाट भागेका पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *