लिपुलेक प्रकरणपछि भारतले रोक्यो नेपालबाट हुने पाम तेलको निर्यात

लिपुलेक प्रकरणपछि भारतले रोक्यो नेपालबाट हुने पाम तेलको निर्यात

९ जेठ २०७७ काठमाडौँ : लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध सुरु भएसंगै नेपालले आफ्नो भुमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि वैशाख २९ बाट पाम तेलको निर्यात रोकिएको हो ।

मलेसियालगायत तेश्रो मुलुक बाट कच्चा पदार्थ ल्याएर प्रसोधन गरि निर्यात गर्ने पाम तेल निर्यात गर्न ५ महिनाअघि भारतले नै अनुमति दिएका ३९ नेपाली फर्मको इजाजत निलम्बन गर्न सरोकारवाला सरकारी निकायलाई निर्देशन दिइएको स्रोतले बतायो ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) र दक्षिण पूर्वी एसियाली देशहरुको स्वतन्त्र व्यापार सम्झौताका मापदण्ड पालना नगरी नेपालबाट पाम तेल निर्यात भएको भन्दै भारतले रोकिदिएको हो ।

केही अधिकारीले भने यसलाई भारतसँगको चिसिँदै गएको नेपालको राजनीतिक सम्बन्धसँग जोडेर हेरेका छन् ।

भारतले कालापानी, लिपुलेक हुँदै चीनतर्फ जाने सडकमार्ग वैशाख २४ गते एकतर्फी रूपमा खोलेपश्चात् नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ ।

नेपालबाट निर्यात भएर भन्सार पुगेका गाडी भन्सारमै रोकिएका छन् ।

‘नेपाल र बंगलादेशले साफ्टाअन्तर्गतको शून्य भन्सार शुल्कमा निर्यात गर्दै आएका छन्,’ निर्देशनमा भनिएको छ, ‘तर यी देशबाट निर्यात हुने सामानले साफ्टाअन्तर्गत नियमहरुको उत्पत्तिको मापदण्ड पालना गर्नुपर्छ ।’ बंगलादेशको विषयमा निर्देशनमा उल्लेख गरे पनि उसका फर्महरुको निलम्बन तथा निर्यातमा रोके, नरोकेको खुलाइएको छैन ।

साफ्टा सदस्य राष्ट्रहरुभन्दा बाहिरका देशबाट यो तेल निर्यात भए गुणस्तरका आधारमा ४० प्रतिशतसम्म भन्सार महसुल लाग्ने व्यवस्था भारतले गरेको छ । साफ्टा अनुसार नेपाल बंगलादेशजस्ता देशबाट हुने निर्यातमा भने भन्सार महसुल नलाग्ने व्यवस्था छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ