कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि भेटियो कोरोना संक्रमण

कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि भेटियो कोरोना संक्रमण

६ जेठ २०७७ काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् ।

स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।

नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ