प्रहरी कुट्ने चिनियाँ नागरिकलाई हिरासतमा राख्ने म्याद १० दिन थपियो

प्रहरी कुट्ने चिनियाँ नागरिकलाई हिरासतमा राख्ने म्याद १० दिन थपियो

२८ वैशाख २०७७ काठमाडौं : सिंहदरबार अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन म्याद थप गर्दै हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

काठमाडौँंका पजिअ जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई कुटपिट गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेका वेला ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न खोजेको थियो ।

तर, उनीहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।

चिनियाँ नागरिकलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धान थालिएको र कुटपिटमा प्रत्यक्ष संलग्न बाहेक अन्य साधारण तारेखमा छुटेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ