भारत पछि अब चीनको नगर नेपाली भूमिमा, सगरमाथा चीनमा पर्ने दाबी

भारत पछि अब चीनको नगर नेपाली भूमिमा, सगरमाथा चीनमा पर्ने दाबी

२८ वैशाख २०७७ काठमाडौं : दुइ ठुला छिमिकी मुलुकबाट आक्रान्त बनेको सानो देश नेपाललाई पछिल्लो समय भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ ।

चीनको एक संचार मध्यम ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले सगरमाथा आफ्नो देशमा पर्ने लेखेर गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध गर्दै ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव आइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ