सर्लाहीमा भारतीय नम्बरको ट्रकबाट १८ लाख बरामद

सर्लाहीमा भारतीय नम्बरको ट्रकबाट १८ लाख बरामद

२४ वैशाख २०७७ काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो । पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठका अनुसार ट्रकमा उनीहरुले धान ल्याएका थिए । थप अनुसन्धान भइरहेको छ ।

यसअघि विराटनगरमा पनि सशस्त्र प्रहरीले अवैध एक करोड ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ