मनोरंजन

बलिऊड अभिनेता इरफान खानको निधन

बलिऊड अभिनेता इरफान खानको निधन

१७ बैशाख २०७७ काठमाडौँ : बलिऊड अभिनेता इरफान खानको मृत्यु भएको छ । सानो पर्दाबाट अभिनयको दुणियाँमा पाइला टेकेका इरफान खान छोटो समयमै बलिऊडमा उत्कृष्ट अभिनेताको रुपमा स्थापित भए । ५३ वर्षका इरफानको पेटमा संक्रमणको कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएकोमा बुधबार बिहान उनको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार इरफान खान क्यान्सर रोगबाट संक्रमित थिए । उनि सन् २०१८ बाट नै क्यान्सरबाट पीडित भएको उनका प्रवक्ताले बताएका छन् ।

इरफानको श्रीमति सुतापा र दुई छोरा बबिल र अयान छन् ।

उनले पछिल्लोपटक ‘अंग्रेजी मीडियम’ फिल्ममा अभिनय गरेका थिए भने मकबूल, पिकु र पान सिंह तोमर जस्ता बलिऊडका चर्चित फिल्ममा अभिनय गरेका छन्। बलिऊडका थोरै अभिनेतामध्ये उनले ‘स्लमडग मिलिओनर’, ‘इनफेरनो’ र ‘लाइफ अफ पी’ जस्ता हलिऊड फिल्ममा अभिनय गरेर आफ्नो अभिनय कलालाई विश्व रङ्गकर्ममा परिचय बनाएका थिए ।

इरफानको मृत्युको खबर आए लगत्तै भारतीय अभिनेताहरुले श्रद्धाञ्जली दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *