समाज

प्रणामी समाजद्वारा अतिविपन्नत परिवारलाई सहयोग

प्रणामी समाजद्वारा अतिविपन्नत परिवारलाई सहयोग

२४ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीको रुप लिइरहेको कोरोन संक्रमणका कारण समस्यामा परेका अतिबिपन्न परिवारलाइ श्री कृष्ण प्रणामी समाजले राहत सामग्री वितरण गरेको छ। समाजले अतिविपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरुलाई राहत सामाग्री वितरण गरेको हो ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिको संयुक्त प्रयासमा राहत सामाग्री वितरण गरिएको हो । साथै सरकारका स्थानिय सरकारको राहतकोषमा आफ्ना देशभर रहेका सबै इकाइ मार्फत आर्थिक रकम जम्मा गर्ने र सम्वन्धित वडा समित मार्फत जिन्सी सहयोग वितरण गर्ने कार्य पनि जारी रहेको समाजले जनाएको छ ।

यसैक्रममा देशभर रहेका श्री कृष्ण प्रणामी मन्दिरमार्फत यी समितिहरुले स्थानीय तहलाई आर्थिक सहयोग गरिरहेको युवा परिषद पुर्व अध्यक्ष भोला दाहालले बताउनु भएको छ ।

देशभरबाट अहिलेसम्म श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीबाट एक लाख ऐक हजार, श्रीकृष्ण प्रणामी धर्मधाम चितवनबाट ५१ हजार, श्री कृष्ण प्रणामी मन्दिर टिकौलीबाट अठहत्तर हजार छ सय,श्री कष्ण प्रणामी मन्दिर श्यामनगर बुढौलीबाट पचिस हजार, श्रीप्राणनाथ आश्रम देवघाटबाट पचिस हजार, श्री कृष्ण प्रणामी मन्दिर धरान जिरोपोइन्टबाट ऐकाइस हजार एकसय एघार उपलब्ध भैसकेकोछ । यसै गरि श्रीकृष्ण प्रणामी नवतनधाम काठमाण्डौबाट १ लाख ३ हजार स्थानिय नगरपालीकाको राहतकोषमा जम्मा गरिएको छ भने श्रीकृष्ण प्रणामी सदुगरु सदन झापाबाट दुइवटा नगरपालिकामा क्रमश ५१ हजारका दरले उपलब्ध भएको छ । श्री कृष्ण प्रणामी मन्दिर बिराटनगरबाट २ वटा वडालाई २५÷२५ हजार र झापा श्री कृष्ण प्रणामी मन्दिर चारपाने बाट नगरपालिकाको कोषमा ५१ हजार जम्मा गरिएको छ । यसै गरि श्री कृष्ण प्रणामी युवा परिषद,विराटनगरबाट नियमितरुपमा भोजन र श्री कृष्ण प्रणामी मन्दिर बुटवलले पैतिस परिवारलाइ राहत वितरण गरिएको छ ।

यसका साथै रौतहट, झापा, मकवानपुरलगायत धरै समितिबाट स्थानिय राहतकोषमा सहयोग उपलब्ध गराउने क्रम जारी रहेको बताएको छ ।

यसै गरि सडकमा रहेका गाई, कुकुर, परेवा र स्वयम्भु, पशपतिनाथ, गुइहेश्वरीका जंगलमा रहेका बाँदरहरुलाई खाने कुरा खुवाउने कार्य जारी रहेको छ भने विभिन्न बृद्धाश्रमहरुमा रहेका बृद्ध बृदाहरुको स्वास्थ अवस्था र खानेकुराको सहयोग गर्नेकार्य समेत भैरहेको छ ।

राहत र सहयोगलाई ब्यवस्थित गर्न सेवा समितिका अध्यक्ष श्याम केसीको संयोजकत्वमा भोलानाथ दाहाल, नमराज ढकाल, शारदा शर्मा, मात्रिका प्याकुरेल र सुनिता भट्टराई समेतको केन्द्र्रिय समन्वयन समिति गठन गरिएको छ ।

यसैगरी जिल्लाहरुमा समेत तीनैवटा संस्थाहरुको सहयोग समिति गठन गरिएको छ र सुरक्षितका साथ सहयोग वितरण भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *