काँग्रेस महासमिति सदस्य गजेन्द्र लामाको निधन

काँग्रेस महासमिति सदस्य गजेन्द्र लामाको निधन

१४ चैत २०७६ काठमाडौँ : नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहनुभएका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउण्डेशनका अध्यक्ष हुनुहुन्थ्यो । संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत हुनुहुन्थ्यो । लामाका श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस:-  लक डाउनमा थप कडाइ गर्ने सरकारको निर्णय, एक स्थानीय तह बाट अर्कोमा जान निषेध

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ