कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना प्रहरीको नियन्त्रणमा, क्वारेन्टाइनमा राखियो

कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना प्रहरीको नियन्त्रणमा, क्वारेन्टाइन मा राखियो

१२ चैत २०७६ वीरगञ्ज : लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जनालाई पर्सा प्रहरीले पक्राउ गरी १५ घण्टा देखि सोही कन्टेनरमा नै राखिएका उनीहरुलाई क्वारेन्टाइनमा सारिएको छ ।

काठमाडौँमा सामग्री पु-याएर वीरगञ्ज फर्किदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा विभिन्न स्थानबाट चढेर लकडाउनको अवज्ञा गर्दै वीरगञ्ज आईपुगेका बारा र पर्साका ५२ जनालाई गएराति पर्सा प्रहरीले पक्राउ गरी सोही कन्टेनरमा १५ घन्टादेखि रोकि राखेको थियो । अहिले उनीहरुलाई क्वारेन्टाइनमा सारिएको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले कन्टेनरमा लुकेर आएकाहरुको थोर्मोकल टेस्ट, आवश्यक सोधपुछ गरिएको अधिकांश पर्सा र केही बारा जिल्लाका रहेका भन्ने खुल्न आएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

कन्टेनरका चालक र सह–चालकलाई भने थुनामा राखेर कारवाही गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो ।

मंगलबार मध्यराती वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको उक्त कन्टेनरमा काठमाडौं, चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थियो ।

त्यस्तैगरी लक डाउनको पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने २९ वटा सवारी साधन नियन्त्रणमा लिई ५/५ सय रुपैया जरिवाना तिराएर साझमात्र छाडिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने करिब २ सय जनालाई नियन्त्रणमा लिई सचेत गराएर छाडिएको उहाँले बताउनु भयो । दोश्रो दिन भने लकडाउनलाई पहिलो दिनभन्दा कडा पारिएकाले वीरगञ्ज बजार सुनसान देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ