कोरोना संक्रमणबाट विश्वभर करिब २० हजार जनाको मृत्यु, भारतमा मर्नेको संख्या १० पुग्यो

कोरोना संक्रमणबाट विश्वभर करिब २० हजार जनाको मृत्यु, भारतमा मर्नेको संख्या १० पुग्यो

१२ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीका रुपमा फैली रहेको कोरोना संक्रमणका कारण अहिलेको अवस्थासम्म १९ हजार ७ सय ४४ जनाको मृत्यु भैसकेको छ भने छिमेकि मुलुक भारतमा अहिलेसम्म १० जनाको मृत्यु भैसकेको छ।

संक्रमणको केन्द्र बिन्दु चीनको वुहान बाट सुरु भएको र अहिले यसले युरोप का भिबिन्न मुलुकहरु ग्रसित भएको विश्व स्वास्थ्य संगठनले बताई रहदा इटाली मुख्य देखाएको छ भने यो प्रकोप को अबको नया केन्द्र अमेरिका हुन सक्ने संगठनले बताएको छ।

उच्च जोखिम युक्त स्थानबाट लगातार ओरालो झर्दै गरेको चीन आफु सम्हालिने क्रममा रहेको आब आर्थिक सुध्रिढी तर्फा लाग्ने बताएपनि युरोप लगायत अन्य देश हरुमा यसको प्रकोप तिब्र रुपमा फैलिरहेको छ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

सोमबार मात्र नया संक्रमण फेला परेको नेपालमा बुधबार अर्को संक्रमण देखापरेको छ। यस अघि देखा परेको पहिलो संक्रमणका बिरामीलाई भने उपचार पश्च्यात घर पठाइएको सर्केले जनाएको छ।

यो समाचार तयार पार्दा सम्म ४ लाख ३९ हजार ६ सय ५४ जना संक्रमित रहेकोमा करिब १लाख १२ हजार व्यक्ति उपचारपछि घर फर्कीसकेका छन् भने ३लाख ७ हजार ९ सय ६८ जना संक्रमित अझैपनि अस्पतालमा भर्ना भएका छन्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ