अमेरिका कोरोना संक्रमणको नयाँ केन्द्रविन्दु : विश्व स्वास्थ्य संगठन

अमेरिका कोरोना संक्रमणको नयाँ केन्द्रविन्दु : विश्व स्वास्थ्य संगठन

१२ चैत २०७६ काठमाडौं : संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रविन्दु हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढि संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकमै थपिएका छन् । ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सृजना हुने संभावना उच्च रहेको बताउनुभएको छ ।

यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतीमा फैलिरहेको बताउनुहुँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस:-  राहतको विषयमा झडप, १९ घाइते

अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढि संक्रमित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ