नेपालमा तेश्रो कोरोना संक्रमित फेला, कतारबाट आएका थिए उनि

नेपालमा तेश्रो कोरोना संक्रमित फेला, कतारबाट आएका थिए उनि

१२ चैत २०७६ काठमाडौं : नेपालमा तेश्रो कोरोना संक्रमित फेला परेको छ। विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संक्रमण यस अघि २ जना फेला परिसकेको र एक जना उपचार पछि घर फर्किएको र अर्को १ जना फ्रान्स बाट नेपाल आएकी १९ बर्षीय महिला उपचार गराईरहेका छन्।

कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

त्यहा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ