चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को प्रसारण स्थगित

चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को प्रसारण स्थगित

१० चैत २०७६ काठमाडौँ : प्रत्येक बिहिबार राति ९ बजे प्रसारण हुने चर्चित नेपाली हास्य टेलीशृंखला ‘सक्किगोनी’ को प्रशारण स्थगित भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण छायाँकन गर्न नसकिने भएकाले केही समयका लागि सिरियलको प्रशारण स्थगित गरिएको निर्माता ‘सक्किगोनी’ का निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासात गर्दै छायांकन रोक्ने निर्णय गरेको बताए ।

अर्जुनले फेसबुकमा लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सुस्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’

यो पनि पढ्नुहोस:-  चर्चित हलिऊड अभिनेता एन्ड्रयु ज्याकको कोरोनाले मृत्यु

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ