नेपालमा भेटिए एकजना कोरोना संक्रमित, उपचार जारी: स्वास्थ्य मन्त्रि

नेपालमा भेटिए एकजना कोरोना संक्रमित, उपचार जारी: स्वास्थ्य मन्त्रि

१० चैत २०७६ काठमाडौ: स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेका छन् ।

फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री ढकालले जानकारी दिनुभयो । संक्रमित व्यक्ति महिला भएको समेत उहाले बताउनु भएको छ।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका ’boutमा जानकारी गराउन भएको थियो । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।

यो पनि पढ्नुहोस:-  नेपालमा कोरोना संक्रमणबाट कोहि पनि मरेको छैन, संक्रमित ८ जनाको स्वास्थ्य सामान्य

कोरोना कसलाई लागेको हो उहाँको नाम सार्वजनिक गरिएको छैन । उहाँसँग राखिएको व्यक्तिलाई क्वारेनटाइनमा राखिएको पत्रकार सम्मेलन मन्त्री ढकालले जानकारी दिनुभयो । उहाँको परिक्षणपछि आइतबार गरिएको रिर्पाेटमा पोजेटिभ देखिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ