कति समय सम्म हावामा बाच्न सक्छ कोरोना भाइरस?

कति समय सम्म हावामा बाच्न सक्छ कोरोना भाइरस?

९ चैत २०७६ काठमाडौं : विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नयाँ प्रबित्तिको भाइरस भएको हुनाले बैज्ञानिक तथा डाक्टरहरुले अझै पनि धेरै रहस्य पत्ता लगाउन सकेका छैनन् ।

तर कौतुहलताको बिषय भने मानिसको शरीरभन्दा बाहिर यो भाइरस जीत रहन सक्छ या सक्दैन सक्छ भने कति समय सम्म जीवित रहन सक्छ यस्तै यस्तै। ..!

यो भाइरस मानिसको सरिर भन्दा बाहिरपनि जीवित रहन सक्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले कुनै एक व्यक्ति अर्को व्यक्तिसंग प्रतक्ष सरिरिक सम्पर्कबाट टाढा रहन थालेका छन्। जस्तै हात मिलाउने वा अंकमाल गर्ने बानि लाइ परित्याग गर्दै नमस्कार जन्य कार्य गर्न सुरुवात गरेको हामीले देख्न थालेका छौ।

यो पनि पढ्नुहोस:-  लकडाउनमा चोकको भलाकुशारी

श्वासप्रश्वाससम्बन्धी धेरै भाइरसजस्तै कोभिड–१९ पनि साना थोपाको माध्यमबाट स्वस्थ मानिसमा सर्छ ।

मानिसले खोक्दा वा हाच्छ्यूँ गर्दा यस्ता धेरै थोपाहरु नाक र मुखबाट बाहिर निस्किन्छन् । एकपटक मानिसले खोक्दा त्यस्ता तीन हजार थोपा निस्किन्छन् । यस किसिमका साना थोपाहरु अर्को मानिसका साथै कपडा र अन्य सतहमा पनि बस्न सक्छन् । तर केही साना जीवाणुहरु हावामै रहन सक्छन् ।

साथै दिसा पिसाबको माध्यमबाट पनि भाइरसका जीवाणु सर्न सक्छन् । त्यसैले शौचालय गएपछि अनिवार्य रुपमा हात धुने बानी बसाल्नुपर्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार कुनै सतहमा छोएर आफ्नो अनुहारमा हात लैजानु भाइरस सर्ने प्रमुख तरिका भने होइन । तर पनि सीडीसी, विश्व स्वास्थ्य संगठनलगायतले नियमित हात धुने र सफाइ गर्नुका साथै दैनिक रुपमा त्यस्ता संक्रमण सर्न सक्ने सतहलाई संक्रमण फैलिन नदिने गरी स्प्रे गर्नाले भाइरसबाट बच्न सकिने बताएका छन् ।

यो पनि पढ्नुहोस:-  भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुइ जना क्वारेन्टाइनमा

सार्स र मार्सजस्ता भाइरसहरु धातु, सीसा र प्लाष्टिकको सतहमा नौ दिनसम्म जीवित रहन सक्ने केही अध्ययनले देखाएको छ । यस्तै कोरोना भाइरस कम तापक्रम भएको स्थानमा २८ दिनसम्म रहन सक्ने केहीले बताएका छन् ।

तर मानिसको शरीरभन्दा बाहिर कति समयसम्म बस्न सक्छ भन्ने स्पष्ट भइसकेको छैन ।

यस’bout अनुसन्धान भइरहेको छ । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनएचआई) का शोधकर्ताले गरेको एक अनुसन्धानले कोरोना भाइरस हावामा तीन घण्टा रहन सक्ने पाइएको थियो । भाइरसको जीवाणु १ देखि ५ माइक्रोमिटरको मात्र हुन्छ । यो मानिसको कपालको मोटाइभन्दा ३० गुणा सानो हो ।

कागजपत्रमा यो भाइरस २४ घण्टा र प्लाष्टिक वा स्टिलको सतहमा २ देखि ३ दिनसम्म रहन सक्ने पाइएको थियो । यसबाट के कुरा थाहा हुन्छ भने कोरोना भाइरसको जीवाणु ढोकाको चुकुल, प्लाष्टिक र अन्य सतहमा पनि हुन सक्छन् ।

यो पनि पढ्नुहोस:-  नेपालमा कोरोना संक्रमणबाट कोहि पनि मरेको छैन, संक्रमित ८ जनाको स्वास्थ्य सामान्य

तामाको सतहमा भने करिब चार घण्टा पनि नै यो भाइरसका जीवाणु बाँच्न सक्दैनन् ।

यदि ६२–७१ प्रतिशत अल्कोहल भएको संक्रमण रोक्ने स्प्रेको प्रयोग गर्ने हो भने एक मिनेटभित्रै यो भाइरसको जीवाणु मर्न सक्छन् । धेरै तापक्रम र आद्रताले पनि कोरोना भाइरसको जीवाणुलाई छिटो मार्न सक्छ । कोरोना भाइरसका जीवाणु ५६ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा बाँच्न नसक्ने पाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ