उत्तर कोरियाले गर्यो दुईवटा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले गर्यो दुईवटा क्षेप्यास्त्र परीक्षण

८ चैत २०७६ काठमाडौं: सम्पूर्ण विश्व कोरवना भाइरसको महामारी विरुद्ध लडिरहेका बेला उत्तर कोरियाले भने दुई वटा छोटो दूरीका क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

दक्षिण कोरियाली सेना अनुसार शनिवार विहानै उत्तरले पेङ्योङआन प्रान्तबाट पूर्वी सागरमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको छ । उत्तरले गत महिनाबाट शुरु गरेको सैन्य अभ्यासकै निरन्तरतामा मिसाइल परीक्षण गरेको बताइएको छ ।

दक्षिण कोरियाले उत्तरको थप सैन्य गितिविधीलाई अनुगमन गरिरहेको पनि बताएको छ ।

उत्तर कोरियाले अर्को महिना प्रादेशिक निर्वाचनको तयारी पनि गरेको छ ।।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ