कोरोनाका कारण इटालीमा एकै दिन ६ सय २७ को ज्यान गयो

कोरोनाका कारण इटालीमा एकै दिन ६ सय २७ को मृत्यु

८ चैत २०७६ काठमाडौँ: विश्वभर फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी मानिस भाइरसको महामारीबाट सबै भन्दा बढीको ज्यान गएको हो ।

हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको ज्यान गइसकेको अधिकारीहरुले जनाएक छन् ।

इटाली, जर्मन र स्पेनमा संक्रमण बढ्दै गएपछि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोरोनाको संक्रमणबाट संसारभर करिब एघार हजारको ज्यान गइसकेको छ भने दुई लाख मानिस संक्रमणको सिकार भएका छन् ।

यो पनि पढ्नुहोस:-  भाइरसको नाम 'कोरोना' किन राखियो ? यस्तो छ तथ्य

संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ८७ हजार संक्रमितहरु निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको संक्रमणबाट कोही पनि मुक्त नरहेको स्पष्ट पारेको छ ।

युवाहरुको तुलनामा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएपनि युवाहरु पनि संक्रमणको जोखिमबाट मुक्त नरहेको डब्लुएचओले स्पष्ट पारेको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक भेटिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा युरोपमा फैलिएको छ ।

संक्रमणका कारण मृतकको संख्या पनि दिनहुँ बढ्दै गएको छ । (एजेन्सी)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ